व्यक्तिका लागि RRC - संस्कृत वाङ्मयमा रहेका ज्ञान विज्ञानको जानकारी - ध्यान, योग, आयुर्वेदजस्ता विभिन्न क्षेत्रको ज्ञान - दर्शनको ज्ञान एवं जीवनमा यसको उपयोगिताको जानकारी - नेपालमा रहेका विभिन्न जातीय साँस्कृतिक सम्पदाको ज्ञान - तनावरहित जीवनयापनको कला सिक्न - आधुनिक विज्ञानको शैलीमा पौरस्त्य चिन्तनको सत्यापन एवं प्रमाण हेर्न - वेद, पुराण, पाण्डुलपि तथा विभिन्न पुराना ग्रन्थको अवलोकन, दर्शन र अध्ययन गर्न - सेवा, सत्सङ्ग र साधनाको सङ्गम - विभिन्न धार्मिक बिरुवा, वाटिका, शालग्राम दर्शन एवं अवलोकन - स्वयंसेवा गर्न
समाजका लागि RRC - आफ्ना संस्कार र संस्कृतिको रक्षा - सभ्य नागरिक निर्माण - आफ्नो संम्पदाको रक्षा गर्ने जनशक्ति - साँस्कृतिक समरसता - रोजगार - धार्मिक संस्कार, अनुष्ठानमा शङ्का वा विवादको समाधान - सामाजिक एकता कायम
राष्ट्रका लागि RRC - अन्तरराष्ट्रिय जगत्मा देशको दर्शन, संस्कार, संस्कृति पुर्याउन - सभ्यताको अनुसन्धान, अध्ययन गरी विश्वसामु पुर्याउन - धार्मिक, आध्यात्मिक, साधनात्मक पर्यटन - अन्तरद्वन्द्व न्यून गर्न - बौद्धिक पलायन रोक्न - संस्कृत शिक्षाको प्रवर्द्धन
सामाजिक उत्तरदायित्व - नित्य योगाभ्यास र ध्यान शिविर सञ्चालन - जातीय साँस्कृतिक पर्वहरूसम्बन्धी चेतनामूलक कार्यक्रम - नैतिक शिक्षा र जीवनदर्शनसम्बन्धी विशेष कक्षा एवं शिविर सञ्चालन - अनुसन्धानको आधुनिक पद्धतिसम्बन्धी तालिम एवं गोष्ठी सञ्चालन